जिब्रो छेडिसकेपछि श्रेष्ठले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्नुभएको छ । बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ
काठमाडौं । बिस्का जात्रा अन्तरगत भक्तपुरको बोडेमा आज ‘मे प्वा खनिउ जात्रा’ अर्थात जिब्रो छेड्ने जात्रा हुँदैछ । यो वर्ष पनि बुद्धकृष्ण बाग श्रेष्ठले आठौं पटक जिब्रो छेड्दै हुनुहन्छ ।