४७ डेल्टा भेरियन्ट पुष्टि भएका नमुनाहरूमध्ये ९ वटामा थप उत्परिवर्तन भइ एवाइडटवान नामको भेरियन्ट पुष्टि भएको छ ।
ईमेज टेलिभिजनसँगको कुराकानीमा डा. पुनले खोप बनाउँदा भाइरसको एउटा म्युटेन्टको आधारमा बनाइने भएकाले दोस्रो वा तेस्रो म्यूटेन्ट आउँदा त्यसले खोपको प्रभावकारितामा ह्रास आउने बताउनुभयो ।
डा अनुप सुवेदीले हामीसँग भन्नुभयो, ‘उक्त समाचार मैले पनि हेरें, यो तथ्यहीन खबर हो । यस्तो भेरियन्ट फैलिएकोबारे अनुसन्धान नगरी भन्न सकिन्न । समाचारमा त्यसबारेमा केही खुलाइएको छैन । आधार