२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बर्दियामा ३२ र कास्कीमा ३५ प्रतिशत मतदान, सर्लाहीमा वर्षा

दिउँसो १ बजेसम्मको तथ्याङ्कअनुसार बर्दियामा ३२ प्रतिशत मतदान भएको छ भने कास्कीमा ३५ प्रतिशत मतदान सम्पन्न भएको हाम्रा संवाददता केशव कोइराला र प्रदीप पौडेलले जानकारी दिनुभयाे ।

स्थानीय निर्वाचन नेतृत्व नविकरणको अवसर : झलनाथ खनाल

अघिल्लो निर्वाचनबाट देशमा स्थायित्वको अपेक्षा गरिए पनि गलत नेतृत्वका कारण सफल हुन नसकेको खनालको भनाइ छ । अबको निर्वाचनले मुदुकलाई स्थायित्व दिँदै समाजवादको आधार तयार पार्ने उहाँले बताउनुभयो ।

सेना परिचालनपछि सर्लाहीमा मतदान सुचारु

विहानदेखि पटक–पटक झडप भएपछि मतदानस्थल नेपाली सेनाले नियन्त्रणमा लिएको थियो । घटनापछि मतदातस्थलमा खटिएको सेनाले हतियार तेर्स्याएपछि स्थिति शान्तिपूर्ण बनेको स्थानीय सञ्चारकर्मी निरज यादवले जानकारी दिनुभयो ।

स्याङ्जामा माओवादी र कांग्रेस कार्यकर्ताबीच भडप, मतदान प्रभावित

जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर ५ को स्यालबासस्थित सत्यशिला माध्यमिक विद्यालय (ख) मतदान केन्द्रमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

सर्लाहीमा हवाई फायर, रोकियो मतदान

स्थिति शान्त भएसँगै सर्वदलीय बैठक बसेर मतदान सुरु गरिने प्रमुख निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।

एमाले अध्यक्ष ओलीले गरे मतदान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले स्थानीय

एमालेका महासचिव पोखरेलले गरे मतदान

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङबाट मतदान गर्नुभएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१९ को जनता विद्यापीठ विजौरी, केन्द्र (ख) बाट उहाँले मतदान गर्नुभएको हो। एमालेका महासचिव पोखरेलले मतदान गर्नुभएको

प्रधानमन्त्री देउवाले पनि गरे मतदान

काठमाडौं । प्रधानमन्त्री शेरबाहादुर देउवाले आज (शुक्रबार) बिहान मतदान गर्नुभएकाे छ । उहाँले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र (ख) बाट मतदान गर्नुभएको हाे। उहाँले सिंहदरबारकाे अधिकार गाउँगाउँमा

काठमाडौंका उम्मेदवारले गरे मतदान

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारद्वय केशव स्थापित र सिर्जना सिंहले मतदान गर्नुभएको छ । एमालेबाट मेयरका उम्मेदवार स्थापितले वडा नम्बर ३१ बागबजारस्थित पद्यमकन्या क्यापम्पस मतदान केन्द्रबाट मतदान गर्नुभएको हो

गोरखा पुगेर गरे भट्टराईले मतदान

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गृहजिल्ला गोरखामा पुगेर मतदान गर्नुभएकाे छ । स्थानीय तह निर्वाचन शुक्रबार बिहान ७ बजेबाट सुरु भएको निर्वाचनमा उहाँले