लगातारको वर्षाका कारण पर्वतको नयाँ पुलमा ठूलो ढुङ्गोसहित खसेको पहिरो पन्छाउन एक साता लागेको छ । ब्रेकरले ढुङ्गा फुटाउन नसक्ने भएपछि नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर ढुङ्गा फुटाएको हो
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले पहिरो हटाएर राजमार्ग सहज बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो । नयाँपुल नजिकै खसेको पहिरो हटाएर सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने
सडक सुचारु भएसँगै रातिदेखि रोकिएका सवारीसाधान अहिले गन्तव्य तर्फ लागेका छन् । पहिरो पन्छाएर सडक खुलाए पनि पहिरोको जोखिम भने कायमै रहेको अधिकारीको भनाइ छ ।