सिन्धुपाल्चोक । मेलम्ची नदीमा आएको निरन्तरको बाढीले गएराति मेलम्ची नगरपालिका-११ मेलम्ची बजारका ७ घर बगाएको छ । असार १ को बाढीले डुबानमा परेका घर नदीले कटान गरेर बगाएको हो ।
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गएराति पनि ठूलो बाढी आएको छ । शनिबार साँझदेखि मेलम्ची खोलामा सुरु भएको बाढी आउने क्रम अहिले पनि जारी रहेको छ । खोलाले आसपासका स्थानमा ब्यापक कटान