देशमा भएको बाह्य हस्तक्षेपका कारण देशमा समस्या उत्पन्न भएको बताउँदै मैनालीले दुई देशबीचको द्वन्द्वले नेपालजस्तो साना देश प्रत्यक्ष मारमा पर्ने तर्क गर्नुभयो ।
साथै उहाँले राप्रपा र एकीकृत माओवादीको गोत्र मिल्ने बताउनुभयो । गणतन्त्रवादी र राजावादीको मुख्य विचार नमिले पनि देशको हितको लागि भने आफूहरुको कुरा मिल्नेगरेको जिकिर गर्नुभयो ।
राजा महेन्द्रलाई राष्ट्रवादी नेताको संज्ञा दिँदै उहाँले महेन्द्रदे विधानसभा पास नगरेर नेपाललाई सिक्किम र भुटान हुनबाट जोगाएको तर्क गर्नुभयो ।
पोलिटब्यूरो र स्थायी कमिटी भने केन्द्रीय कमिटिको आगामी बैठकले चयन गर्नेछ । महाधिवेशनमा देशभरबाट ३ सय ५० जना प्रतिनिधि सहभागी भएका थिए ।