आफूलाई कतिपयले अस्थिर भने पनि आफू गतिशीलताको यात्रामा रहेको भन्दै अध्यक्ष दाहालले यसमा सुधारवाद नभइ छलाङ र गतिशीलता रहेको बताउनुभयो ।
सभाले पनि सत्यनारायणबहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो । यसको तीन वर्षपछि नेपाल पत्रकार संघको पुनर्गठन भएको थियो ।
अध्यक्ष नेपालले इमान्दारिता, निष्ठा र समर्पण नै एउटा नेताको लागि आवश्यक र उचित हुने भन्दै जनताको मन जित्न यी काममा ध्यान दिनुपर्ने बताउनुभयो ।
पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव पनि अध्यक्ष दाहालको प्रतिवेदनमा छ । यसका लागि पार्टीका नेता कार्यकर्ताले अनिवार्य वर्षमा कम्तीमा १५ दिन शारीरिक श्रम गर्नुपर्ने उहाँको प्रस्ताव छ ।
‘प्रधानमन्त्रीले एमसीसीमा सुधारको गुञ्जायस छ भन्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन, त्यति कारणले टुट्न पनि हुँदैन र टुट्दैन, टुट्न पनि दिइँदैन ।’
राजनीतिक दलहरू न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा मुकदर्शक भएर बस्न नमिल्ने उहाँको भनाइ छ । भ्रष्टाचारमुक्त न्यायपालिका बनाउनका लागि राजनीतिक दलहरूले पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्रविरोधी भएको पुष्टि हुने बताउनुभयो । उहाँले संसद अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताउनुभयो ।
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले अस्थिरताका लागि काम गरिरहेको दाबी गर्नुभएको छ । बुधबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित मनोनित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा
माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गरी १० प्रदेशको सम्मेलन गर्न लागेको हो ।
अध्यक्ष ओलीले अधिवेशन नभई जनवर्गीय संगठनहरूको नेतृत्व परिवर्तनको काम भएकाले अव छिटोभन्दा छिटो अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्दा मात्रै जनवर्गीय संगठनहरु कामकाजी हुने स्पष्ट पार्नु भयो ।