घटनाको चाँडै सत्यतथ्य सार्वजनिक गरी दोषीलाइ कडा कारबाहीको माग स्थानीयको छ । उनीहरूले फेरि पनि दोषी पत्ता लगाउनका लागि आन्दोलन गर्नुपर्ने वातावरण नबनाउन प्रहरीलाई आग्रह गरेका छन् ।
तर, गाउँलेहरुले भने सत्यतथ्य सार्वजनिक नहुँदासम्म शव नबुझ्न आग्रह गरेका थिए । सोमबार सुजिताका बुवाले अन्येष्टि गर्दा घाटमा स्थानीय अनुपस्थित थिए भने जनप्रतिनिधि तथा राजनीति दलका प्रतिनिधिहरूको उपस्थिति थियो ।
उनीहरूको शव सोमबार बुर्तिबाङ पोष्टर्माटमका लागि लगिए पनि परिवारले घटनामा संलग्न दोषी पक्राउ नगर्दासम्म शव बुझ्न मानेका थिएनन् । बुधबार प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेपछि परिवार