ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले गोरुमारेभञ्ज्याङमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरामा डोजर चलाएको छ । नगरपालिकाले टहरा र पक्की तथा कच्ची घरमा जोडिएका पालीमा डोजर चलाएको हो ।