एमालेले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुख अग्नि सापकोटाले मान्यता नदिएसम्म संसद अवरोध जारी रहने पनि उहाँको भनाइ छ ।
निर्देशनसँगै पार्टीले सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष कमरेड केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने तय भएको महासचिव
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जानुहुने भएको छ । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनु भएका अध्यक्ष ओली आज अपरान्ह ४ बजे
वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लागि पनि आफूहरूले सरकारविरुद्ध आन्दोलन गर्ने बताउनुभएको हो ।
तिवारीले जिल्ला अध्यक्ष तथा प्रदेशनम्बर १ को उद्योग वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ ।
अध्यक्ष ओलीले छिट्टै चुनाव गर्नुपर्ने बताउनुभयो । यस क्रममा सरकारले हालसम्म एमसीसीको बारेमा आफ्नो नीति ल्याउन नसक्नु सरकारको कमजोरी भएको उहाँको भनाइ छ ।
माधव नेपाल सदनमा देखिएसम्म सदन चल्न नदिने एमालेको कदम अदालतको फैसलाअनुसार नभएको उहाँको भनाइ छ । सदनमा अहिले एमालेले जात्रा गरिरहेको उहाँको टिप्पणी छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दावी गर्नुभयो ।
कास्की कांग्रेसमा केन्द्रको गुटको प्रभाव खासै नदेखिए पनि स्थानीय ‘गुट’ हाबी भएको छ । क्षेत्र नम्बर १ मा कास्कीका जिल्ला सभापति कृष्ण केसी र पूर्व सभापति तथा पूर्व मन्त्री यज्ञबहादुर
महाधिवेशनको माहोलले आगामी निर्वाचनमा चितवनको किल्ला थप मजबुत बनाउने एमालेको रणनीति हुनसक्छ । पूर्वमाओवादी खेमालाई शसक्त बनाएर एमालेले प्रण्चडलाई गलाउन चाहन्छ ।