पर्वत । पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाकुरीमा संचालित एक किराना तथा खाद्यान्न पसलमा आगलागी भएको छ । कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका धनबहादुर कुवरको भिषण किराना तथा खाद्यान्न पसलमा आगलागी भएको हो ।
ताप्लेजुङ । सिरिजंघा गाउँपालिका–१ सिनाममा आगलागीबाट ५ घर जलेर नष्ट भएका छन् । दिउँसोको समयमा सल्किएको आगलागी सुरक्षाकर्मी र स्थानीयले दुई घण्टा पछि नियन्त्रणमा लिएको स्थानीय भीम थेबेले जानकारी दिनुभयो