निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई पन्ध्र दिनमा १ अर्ब १० करोड घाटा भएपछि मूल्यवृद्धि गर्नुपरेको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो ।
काठमाडौं, साउन १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु २ ले वृद्धि गरेको छ ।