यसअघि सिआइएले पाकिस्तानसँग मिलेर पक्राउ गरेका बारादारसँग वार्ता गर्न सिआइए प्रमुख आफैं अफगानिस्तान पुगेका थिए ।
१५ अगष्टमा अफगानिस्तान कब्जामा लिएपछि पहिलो पटक तालिबानप्रति टिप्पणी गर्दै आईएसले उसको साप्ताहिक पत्रिका अल–नबामा ‘अन्ततःउनीहरुले मुल्ला ब्रेडली स्थापित गरिछाडे’ शीर्षकमा सम्पादकीय प्रकाशित गरेको बीबीसी हिन्दीले जनाएको हो ।
काबुलको उत्तरमा हिन्दुकुश पहाडहरूबाट घेरिएको पञ्जशीर घाटी लामो समयदेखि प्रतिरोधको केन्द्रको रुपमा मानिएको छ । यदि तालिबानले पञ्जशीरमा आक्रमण गरेमा त्यहाँ जुटेको गुटले उनीहरूविरुद्ध लड्ने विश्लेषकहरूको भनाइ छ ।
शनिबार बिहान काबुल विमानस्थलबाट भारत फर्कन लागेका उनीहरुलाई तालिबानले नियन्त्रणमा लिइ एउटा ट्रकमा राखेर लगेको थियो । उनीहरुलाई लामो सोधपुछपछि छाडिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
राष्ट्रिय सुरक्षाको लागि तालिबान समर्थक प्रतिक्रियाविरुद्ध कडा कानुनी कारबाही गर्ने प्रहरीले जनाएको छ ।
तालिबानीहरूले त्यहाँ रहेका गाडीसहित महत्वपूर्ण कागजातहरू साथमा लगेको बुझिएको छ । तालिबानले भारतसँगको व्यापार ठप्प पारेर चीनसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।
तालिबानले पाकिस्तानसँग सीमा जोडिएका सबै नाका सिल गरेको समाचारमा उल्लेख छ । भारतका लागि अफगानिस्तानसँगको व्यापार सबैभन्दा ठूलो सहयोगी मानिन्छ ।
बुधबार मात्रै जलालबादमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि तालिबानले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो ।
वास्तवमा यो चिन्ता अब तालिबानमा देखिनु पर्ने हो जसले आफ्ना नागरिकहरूको सुरक्षा, लालन पालन अनि ४ दशकदेखिको युद्धको घाउलाई आधुनिक समयमा मलम लगाउने र तालिबानबाट न डराउन अनि देशको मूल
तालिबानका लडाकूले आन्दोलनको समाचार संकलन गरिरहेका पत्रकारलाई पनि कुटपिट गरेका छन् । यसअघि मंगलबार अफगानिस्तानका महिलाहरूले आफूहरूको अधिकार रक्षाको माग गर्दै आन्दोलन गरेका थिए ।