नेता रायमाझीले राजनीतिक पार्टीहरू संस्थागत, वैधानिक र कानुनसङ्गत हुनुपर्ने बताउनुभयो । देशमा राजनीतिक पार्टीहरूमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द्व चलेको भन्दै उहाँले पार्टीहरूलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनमा आयोगले गरिरहेको कामको जानकारी लिन नेताहरू आयोग पुगेका हुन् ।