नयाँ पुस्ताको प्रवेशसँगै नेपाली कांग्रेसमा पुराना गुट र नेताहरू भत्किएका छन् । मतदाताबाट अस्वीकृत तर समीकरणको राजनीतिमा अब्बल नेताहरूको कांग्रेसमा अब भविष्य के हुन्छ भन्ने बहस थपिएको छ ।
मतपत्र मध्ये खुल्ला केन्द्रीय सदस्यको मतपत्रमा मत दिन झन्झट भएको मतदाता बताउँछन् । झन्झटिलो मतदान प्रक्रियाका कारण बदर मतको संख्या उल्लेख्य हुनसक्ने आशंका गरिएको छ ।
साँझ साढे ५ बजेसम्म २८ सय ९ मत खसेको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरले जानकारी दिनुभयो । मतदान जारी रहँदा दिउँसो मतपत्र सकिएपछि केही बेर मतदान स्थगित भएको थियो ।
काठमाडौं । महाधिवेशन प्रतिनिधिको विवाद टुंगिन नसक्दा राप्रपा महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया लम्बिएको छ ।बुधबारबाट काठमाडौंमा शुरु भएको एकता महाधिवेशनमा प्रतिनिधिको विषयलाई लिएर दुई दिनदेखि विवाद जारी छ ।
सभापतिमा उम्मेदवारी दिनुभएका गुरुङले ३ सय ७७ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी मातृकाप्रसाद यादवले २ सय ४२ मत ल्याउनुभएको थियो ।
चितवनका कांग्रेस नेता एवं पूर्वमन्त्री शेषनाथ अधिकारी पनि महाधिवेशन प्रतिनिधिमै पराजित हुनुभएको छ ।
१६ गते हुने अधिवेशनको उद्घाटन संयोजक सिटौलाले गर्ने निर्णय पनि बैठकले गरेको आयोजक प्रचार समितिले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
रसुवाबाट ७ जना प्रतिनिधि चयन भएसँगै महाधिवेशनका लागि १ हजार ९ सय ९९ जना प्रतिनिधि चयन भएको उहाँले बताउनुभयो ।
कार्यदलले अछामको दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र समग्र जिल्लालाई आधार बनाएर दलित तथा समावेशी क्षेत्रबाट प्रतिनिधि छनोट गरेको हो ।
स्थायी कमिटीको प्रस्ताव र निर्णयलाई शुक्रबार बस्ने केन्द्रीय कमिटीको बैठकमा लगिने र त्यहिँबाट थप संशोध गरेर महाधिवेशन प्रतिनिधिको सन्दर्भमा टुंगो लगाइने उहाँले बताउनुभयो ।