प्रस्तावमा कात्तिक ४ गते छलफल भए पनि मतदान लगायतका प्रक्रियाका लागि बुधबारको समय तोकिएको थियो ।
मुख्यमन्त्री शाक्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल गर्दै बाँकी प्रक्रिया १० गतेसम्मका लागि सारिएको हो ।
बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्तावमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसदहरूले आ–आफ्ना धारणा राखेका थिए ।
सत्तारुढ दल नेकपा (एमाले)ले कात्तिक ११ गतेसम्मका लागि बैठक सार्न माग गरेपछि दुई घण्टा सारिएको बैठक केही बेरमा सुरु हुन लागेको हो ।
बिहीबारको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल गरिने कार्यसूची रहेको छ ।
बहुमत प्राप्त पार्टीको मुख्यमन्त्रीको रूपमा सपथग्रहण गर्नुभएकी शाक्यले एमाले फुटेसँगै विश्वासको मत लिँदै हुनुहुन्छ ।
दशैंअघि नै भाडा वृद्धि गर्ने निर्णय भए पनि दशैंको बेला गाउँ जानेहरूलाई समस्या पर्ने भन्दै कात्तिक १ गतेदेखि मात्र लागू गरिएको प्रदेशको भौतिक पूर्वाधारा विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्थाबमोजिम सञ्चार रजिष्ट्रार कार्यालयमार्फत एकीकृत सूचना बैंक सञ्चालनमा ल्याइएको हो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केही दिनमा प्रदेश नं १ र बागमती प्रदेश सरकार फेरिने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘एक र बागमती प्रदेशमा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरू स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहान्छु ।’