साथै आउँदो चुनावहरूमा बालअधिकार हनन् हुन नदिनेगरी घोषणापत्र बनाउनुपर्ने र चुनावमा एकले अर्कालाई गालीगलौजको वातावरणमा नउत्रन सबै दलहरूलाई आह्वान गर्नुभयो ।
७ पालिका रहेको जिल्लामा २ नगरपालिका बालमैत्री घोषणा भएका छन् । यसअघि सुनवल नगरपालिका बालमैत्री घोषणा भइसकेको छ ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, तथा स्थानीय सरकार संचालन ऐन २०७४ले निर्दिष्ट गरेका सूचक र मापदण्डहरू पूरा गरेकाले गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरिएको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो