काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको अभियान थालेपछि वरिष्ठ अधिकारीहरूले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपतिका एक प्रमुख सल्लाहकार, उपरक्षामन्त्री तथा उपमहाअभियोजकले राजीनामा दिएका हुन् ।