विपक्षी दलका नेताहरू शीतलनिवास पुग्नुअगावै शीतलनिवास पुग्नुभएका प्रधानमन्त्री ओली केहीबेर अघि शीतलनिवासबाट बाहिरिनुभएको हो ।
विपक्षी गठबन्धनले राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । सरकार गठनका लागि १ सय ३६ सांसदको हस्ताक्षर आवश्यक पर्छ ।
विपक्षी दलहरूले सत्ता समीकरणको पहल गरिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास जानुभएको हो ।
यस्तै सोमबार नै भएको विश्वासको मतमा प्रधानमन्त्री ओली असफल हुनुभएको छ । विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक भए पनि ओलीलाई ९३ मत मात्र पाउनुभएको थियो ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सुरु भएको सर्वदलीय बैठक जारी छ । राष्ट्रपति कार्यालय शीतल निवासमा सुरु भएको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता सहभागी छन् ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषद्को अनौपचारिक