१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओली समूहको स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको हो

सरकार गठनका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपाका दुवै समूहले सरकार गठनमा सहकार्य खोजेसँगै नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । प्रतिनिधिसभा पुर्नस्थापना भएसँगै पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसले आज पदाधिकारीको बैठक बोलाएको छ

सर्वोच्चको निर्णय माने पनि सम्मान गर्न सकिँदैन: उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्च अदालतको निर्णय सम्मान गर्न नसकिने बताउनुभयो । संसद विघटनको विपक्षमा सर्वोच्चले फैसला गरेसँगै पोखरेलले अदालतको निर्णय माने पनि सम्मान गर्न नसकिने बताउनु भएको हो

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्नः सल्लाहकार थापा

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने बताउनु भएको छ । थापाले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्ने तर तत्काल राजीनामा

अलिकति पनि लाज, घिन र नैतिकता भए राजिनामा दिन प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव

काठमाडौं । प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्चको फैसलाको विभिन्न राजनीतिक दलहरुले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली पक्ष बाहेक अन्य दलहरुले फैसलाको स्वागत गरेका हुन । उनीहरुले सर्वोच्चले संविधानको रक्षा गरेको

ओली प्रतिगमन प्रमुख खतराः डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले ओली प्रतिगमन प्रमुख खतरा भएको बताउनु भएको छ । यसमा कुनै किन्तुपरन्तु गर्न

काँग्रेस अदालतको निर्णय कुरेर बसेको छ, संसद पुन:स्थापना मात्रै हुनुपर्छ भन्ने कूतर्क होः विमलेन्द्र निधि

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काँग्रेस अदालतको निर्णय कुरेर बसेको बताउनुभयो । काँग्रेस संसद पुनस्थापना र निर्वाचन दुवैको तयारीमा नभइ अदालतको निर्णय कुरेर बसेको बताउनुभयो । ईमेज टेलिभिजनसँग

संसद पुनःस्थापना कुनै हालतमा हुन सक्दैन : प्रधानमन्त्री

काठमाडौं, पुस २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने बताउनुभएको छ । राष्ट्रियसभा बैठकमा उठेका एवं समसामयिक विषयमा आइतबार वक्तव्य दिँदै उहाँले संविधानको

नेकपा मसालद्वारा संसद पुनःस्थापनाको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले संसद पुनःस्थापनाको माग गर्नु भएको छ । काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको