यसअघि पनि बुधबार तीनपटक बसेको बैठक पनि एमाले सांसदको अवरोधका कारण स्थगित भएको थियो । तर बुधबारको तेस्रो बैठकमा सभामुख सापकोटाले पेलेरै अध्यादेश पेश गर्न समय दिनुभएको थियो ।
माधव नेपालको नेतृत्वमा हिजो निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन पुगिसकेको छ । यस्तै सो समूहले पनि आफूहरुमाथि कारबाही नगर्न संसद सचिवालयमा पत्र पठाएको छ ।
सचिवालयले सांसद्सँगै उनीहरूका स्वकीय सचिव, संसद् सचिवालयका कर्मचारी, मर्यादापालक र संसदीय पत्रकारहरूका लागि पनि परीक्षणको व्यवस्था गरेको छ ।