कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी हुनुभएको छ । सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहनुभएका मानबहादुर धामीलाई पराजित गर्दै चौधरी विजयी हुनुभएको हाे ।