बुधबार काठमाडौंमा बसेको संस्थापनइतर पक्षका नेताहरूको बैठकले पार्टीको आसन्न १४औं महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार चयन गर्न शीर्षनेताहरूलाई दवाव दिएका हुन् ।
अहिलेसम्म प्राप्त मतपरिणामले कांग्रेसभित्र गुटगत राजनीति झन् कसिलो बन्ने देखिएको छ । गुट अदलबदल तीव्र भइरहँदा महाधिवेशनमा देखिने समीकरण र सम्भावना थप रोचक बन्दै गएको छ ।
सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला संस्थापन इतरका जिल्ला सभापतिले सरकारलाई जनपक्षीय काम गर्न सुझाव तथा दवाव दिने एजेण्डा बनाएका छन् ।
आगामी भदौमा हुने पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व हाक्न एकै गुटका चार नेताको हानाथाप चलिरहेको देख्दा सोही गुटका जिल्ला सभापतिहरू भने अन्योलमा परेका छन् ।