१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखराको मेयरमा गठबन्धनबाटै दोस्रो बागी

गठबन्धनका नाममा कांग्रेसका कार्यकर्तालाई अरू दलको चिह्नमा मत हाल्न बाध्य पारेकाले आफूले उम्मेदवारी दिएको सापकोटाले बताउनुभयो ।

नुवाकोट सदरमुकाम विदुरमा राजन र सञ्जुबीच प्रतिस्पर्धा

नगरपालिकाको उपमेयरमा एमालेको तर्फबाट अम्बिका पौडेल नेपाललाई उठाउँदा गठबन्धनले नेकपा (माओवादी केन्द्र)को तर्फबाट स्वर्गीय पोस्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीलाई उठाउने निर्णय गरेको छ ।

प्रवेश गरेको एक सातामै धनुषाका साहद्वारा एमाले परित्याग

एमालेले जनकपुरको मेयरमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाएपछि जानकीराम साहले सोमबार एमाले परित्याग गर्नुभएको हो । उहाँ स्वतन्त्र वा तमलोपाबाट उम्मेदवारी दिने तयारीमा छन् ।

महानगरको उम्मेदवार छान्न कांग्रेसलाई सकस, बालुवाटारमा घनिभूत छलफल

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरूसँग अलग–अलग छलफल गरिरहनुभएको छ । शीर्ष नेताहरूबीचमै उम्मेदवारीबारे समझदारी नभएपछि शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत स्थगित भएको छ ।

माओवादी र एकीकृत समाजवादीको महानगर र उपमहानगरका उम्मेदवार टुंगियो

धनगढी उपमहानगरको उपमेयरमा शान्ति अधिकारी र धरान उपमेयरमा भने अइन्द्रविक्रम मेघा उम्मेद्वार बनाएको छ । तर, धरानको उपमेयरको औपचारिक निर्णय हुन बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।

बैशाख ११ र १२ गते स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न आयोगको अपिल

आयोगले निर्वाचनमा योग्यता पुगेका सबै मतदाताहरूलाई रुचाएको पदमा उम्मेदवारी दिनसक्ने वातावरण बनाइदिन पनि सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आमसञ्चार क्षेत्रलगायत

राप्रपाद्वारा चार महानगरको उम्मेदवार पक्का

लगातारको छलफलपछि राप्रपाले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगञ्जमा गिरिश गिरी, पोखरामा शंकर खराललाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

एकीकृत समाजवादीले महानगर र उपमहानगरका उम्मेदवार टुंग्यायो, कहाँ काे ?

जसअनुसार पोखरा महानगरपालिकाको प्रमुख पदको उम्मेदवार धनराज आचार्यलाई बनाउने भएको छ । आकांक्षी ६ जनाको नाम सिफारिस भए पनि पार्टीले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

रसुवामा उम्मेदवार छान्न माओवादी केन्द्रद्वारा मतदान

गाउँपालिका अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको नेकपा (माओवादी केन्द्र) रसुवाका संयोजक मेघनाथ घिमिरेले जानकारी दिनुभयो ।

रसुवामा एमालेले टुंग्यायो पालिकाका उम्मेदवार

एमाले रसुवाका सचिव जनार्दन ढकालका अनुसार गोसाईकुण्ड गाउँपालिकाको अध्यक्षमा कैसाङ नुर्पु तामाङ र उपाध्यक्षमा प्रतिमा तामाङ, उत्तरगया गाउँपालिकाको अध्यक्षमा माधव अर्याल, उपाध्यक्षमा चमेली गुरुङ चयन भएका छन् ।