सन् १९५०–५३ को कोरियाली युद्धको अन्त्य भएको ६९औं वर्षमा आएको किमको भनाइ महामारीसँग सम्बन्धित आर्थिक कठिनाइको बीचमा गरिब मुलुक उत्तर कोरियामा आन्तरिक एकता बढाउने उद्देश्य भएको अनुमान गरिएको छ ।
उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले ७९ वर्षीया री चुन–हीलाई घर दिएको भिडिओ सार्वजनिक गरेका छन् । उक्त भिडिओमा उनले रीको हात समातेर उनलाई घरभित्र घुमाएको दृश्य भाइरल भएको छ ।