भारतसँगै ब्राजिलमा पनि तीव्र रूपमा फैलिएको संक्रमणमा केही कमि आएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ३ सय ४० जनाको मृत्यु हुँदा ७५ हजार भन्दा बढीमा संक्रमण देखिएको
संक्रमण पुष्टि भएसँगै उहाँलाई सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको थियो । बुधबार रातिबाट भेन्टिलेटरमा राखिएका उहाँको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।
बिहीबारदेखि मुस्ताङमा निषेधाज्ञा लागू भएसँगै निषेधाज्ञा लागू भएका जिल्लाको संख्या ७३ पुगेको हो । ७३ मध्ये पाँचवटा जिल्लामा आंशिक मात्र निषेधाज्ञा गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ४४ सय ६६ पुगेको छ ।
मकवानपुरमा कोभिड संक्रमणको संख्या बढ्दै गएपछि संक्रमितहरूको आवातजावतलाई सहज गर्नका लागि एम्बुलेन्स अभाव भएका कारण अटोलाई एम्बुलेन्सको रूपमा सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
मिश्रले देशभरका सम्पूर्ण गरिब जनताले निःशुल्क उपचार पाउने व्यवस्था मिलाउन सुझाव दिँदै देशभरका नागरिकप्रति अपराध नगर्न आग्रह गर्नुभएको छ ।
बिहीबार एक ट्वीट लेख्दै नेता गान्धीले लेख्नुभएको छ, ‘भ्याक्सिन, अक्सिजन र औषधिजस्तै प्रधानमन्त्री पनि हराएका छन् । देखिएको भनेको बस सेन्ट्रले विस्टा, औषधिमा कर र यता–उता प्रधानमन्त्रीको फोटो ।’
अस्पतालमै उपचाररत गलकोट नगरपालिका–२ का ५२ वर्षीय पुरुष र बागलुङ नगरपालिका–४ का ७७ वर्षीया वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुनेछ । सो डाटा प्याकको स्पिड १ एमबीपीएससम्म हुनेछ । यस अफर अन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ
काठमाडौं । कोभिडका विरामीलाई वाईपायप मेशिनबाट हाईफ्लो अक्सिजन दिन पाए धेरै विरामी बचाउन सकिने चिकित्सकहरुले बताएका छन् । काठमाडौंको क्षेत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अक्सिजन आपूर्ति र वितरण