एन्टिजेन परीक्षणका लागि सम्बन्धित कार्यालयको मुलगेटमा व्यवस्था गरिएको छ । १० मिनेटभित्र परीक्षणको रिपोर्ट दिने र रिपोर्टका आधारमा कर्मचारीहरूले सेवा दिने गरेका छन् ।
‘एसिया र प्यासिफिक क्षेत्रले प्रभावकारी फड्को मारेको छ । तर, कोभिड–१९ ले सो क्षेत्रको सामाजिक र आर्थिक क्षेत्र कमजोर पार्नुका साथै दीगो र समावेशी विकास कमजोर बनाइदिएको छ ।
जिल्लास्थित सबै आइसोलेसनका संक्रमित निको भएर घर फर्केपछि साउन ३२ गतेदेखि सबै आइसोलेसन खाली भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति नीमप्रसाद गिरीले जानकारी दिनुभयो ।
शनिबार २ लाख ८ हजार ७ सय खोप आइपुगेको र बाँकी नौ लाख ४८ हजार ७ सय डोज खोप भने भदौ ७ गतेसम्म आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलले अहिलेसम्म १ लाख ८८ हजार ७ सय ४१ जनाले कोभिडविरुद्धका विभिन्न खोप लगाइसकेको बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा ३५ लाख ८६ हजार ६७३ जनाले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् भने ४७ हजार ६४ हजार ८५६ जनाले पहिलो मात्रा लगाएका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिएको १ बर्षभित्र वेलायत , अमेरिका ,चीन लगायतका समृद्ध देश खोप बनाउन सफल भएका थिए । यही खोप भारत , पाकिस्तान र बंगलादेशले बनाउन सुरु गरिसकेका छन्
खोप लगाउन सुरु भएको पहिलो दिन साउन ३१ गते सात स्थानीय तहका ८ सय २४ पुरुष र ८ सय महिला गरी १ हजार ६ सय २४ जनाले खोप लगाएका थिए
अस्पतालमा हाल ३० मेडिकल अफिसर, १ सय नर्स र २ जना क्रिटिकल केयरमा चिकित्सक राखिएको छ । तर, क्रिटिकल केयर सञ्चालन गर्ने चिकित्सक पाउनै नसकिएको उहाँको भनाइ छ ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय २७ पुगेको छ ।