काठमाडौं, साउन १९ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अघिल्लो सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ । देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरिएको हो ।