बुधबार भएको पत्रकार सम्मेलनमा मुटोलाई यस अवस्थामा आएर ओलम्पिक रद्द हुनसक्छ भन्ने प्रश्न गरिएको थियो । जवाफमा मुटोले ओलम्पिक रद्द गर्ने आशंकालाई इन्कार गर्न नसकिने बताएका थिए ।
आयोजकले करिब १० हजार घरेलु दर्शकलाई खेल हेर्न अनुमति दिने बताएको छ । विदेशी दर्शकहरूको लागि भने खेल हेर्न प्रतिबन्ध लगाइएको छ । टोक्यो ओलम्पिक एक महिनापछि जापानमा सुरु हुँदैछ