काठमाडौं । भारतले अन्य ई-वालेटभन्दा फरक डिजिटल मुद्रा प्रचलनमा ल्याएकाे छ । भारतीय रिजर्ब बैंक (आरबीआई) ले १ नोभेम्बर (मंगलबार) देखि परीक्षणका रुपमा उक्त डिजिटल मुद्रा प्रचलनमा ल्याएको हो ।
नेपालमा डिजिटल कारोबारले कानूनी मान्यता पाएको छैन । राष्ट्र बैंकले अवैध कारोबार मान्दै कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिँदै आएको छ । संलग्न केहीलाई प्रहरीले कारबाहीसमेत गरिसकेको छ ।