मन्त्री रेग्मीले अझै पनि घर–घरमा महिलामाथि कुनै नकुनै प्रकारको हिंसाका घटना भइरहेको भन्दै घरभित्र महिलामाथि हुने विभेद र असमानताको जरो उखेल्नुपर्ने बताउनुभयो ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कंडेलले आयोजनामा यसअघि मन्त्रालयले जग्गा र रुख कटानका लागि स्वीकृति दिएको उल्लेख गर्दै आगामी दिनमा पनि यसका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो
कालोपत्रसहित स्तरोन्नतिको काम अघि बढिरहेको सन्दर्भमा पक्की पुलसमेत निर्माण हुन थालेपछि बेनी–जोमसोम सडकखण्डको जोखिमपूर्ण अवस्था न्यूनीकरण हुँदै गएको छ ।
विगत ७ वर्षदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माण नभएको भन्दै स्थानीयले गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी पौडेलले पुल निर्माणको सन्दर्भमा चासो र सक्रियता देखाउनुभएको हो ।
गत वर्ष नै वडा पूर्ण विद्युतीकरण भएको छ भने पिएससी स्तरको स्वास्थ्य भवन, सामान्य शल्यक्रिया, प्रशुति लगायत स्वास्थ्य सेवासुविधाहरू वडामै सहज रूपमा पाइन थालेको छ । 'एक घर, एक धारा'
शिक्षा नीति परिवर्तनको आवश्यकता औंल्याउँदै उहाँले विद्यालयको संरचनाभन्दा पनि कक्षाकोठाको सिकाइ, पढनपाठनको विषय महत्त्वपूर्ण रहेको बताउनुभयो ।
२४औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा गृहमन्त्री खाँणले ग्रामीण भेगमा पनि भूकम्प प्रतिरोधी भवन निर्माण गर्नु आवश्यक रहेको बताउनुभएको हो ।
सङ्घीय सरकार, वाग्मती प्रदेश सरकार, खानेपानी बोर्ड र स्थानीय निकायबाट बजेट जुटाएर आयोजनाहरुमार्फत काम गरिएको उहाँको भनाइ छ ।
योसँगै क्रिकेट रंगशालामा धुर्मुस–सुन्तली फाउन्डेशनको कस्तो अधिकार र स्वामित्व रहने तथा ती संसारभरका मानिस जस्ले आफ्नो पसिना काटेर सहयोग गरे तीबारे पनि छलफल चलिरहेको उहाँले बताउनुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दावी गर्नुभयो ।