त्यस्तै, बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि गठबन्धनमा सामेल भएका दलहरू नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका नेताहरूसँग समन्वय गर्ने जिम्मा दलका नेता पाण्डेलाई दिइएको छ ।
यस्तै कार्यक्रमले भरतपुर महानगर कमिटी पनि गठन गरेको छ । विष्णुराज महत्तोको अध्यक्षतामा १ सय ६९ सदस्यीय महानगर कमिटी गठन गरिएको हो ।
काठमाडौं, भदौं १३ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाललाई चुन्ने भएको छ । दलको नेता चुन्न आइतबार ११ बजेपछि बस्ने बैठकमा
केपी ओलीले पार्टीलाई मृत अवस्थामा पुर्याएपछि विद्रोह गर्नुपरेको तर्क गर्दैै नेता नेपालले ओली गुटबाट बाहिर निस्केर क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा जुट्न देशभर रहेका नेता कार्यकर्तालाई आह्वान पनि गर्नुभयो ।
ओलीमा सद्बुद्धि पलाओस् भन्ने कामना गर्दै नेपालले भन्नुभयो, ‘केपी ओली सुध्रनुस् । मैले किन नराम्रो भन्नु । उहाँमा सद्बुद्धि पलाओस् । राम्रो बाटोमा सबै अघि बढ्नु । सुसंस्कृत र सभ्य