काठमाडौं । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिनुभएको छ । शुक्रबार बिहान सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई पौडेलकै निवासमा पुगेर बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो