काठमाडौं । नेपालीहरुको महान चाड बडा दसैंको दोस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदैछ । नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज ब्रह्मचारिणीको पूजा गरिन्छ ।