तसर्थ विदेशी संग्रहालयमा अत्यन्त सुरक्षित साथ रहेको चोरिएका मूर्ति स्वदेश फिर्ता आएकोमा मख्ख नपरी भएको पुरातात्विक संपदाहरूको संरक्षण गर्न पनि ल्याकत राख्नु सक्नुपर्छ ।
मन्जुश्रीदेखि स्वयम्भूको धेरै ठाउँमा यसरी नै जथाभावि पसलहरू राखिएका छन् । महानगरपालिका आएर हटाए पनि पुनः पसल थापिन्छ । स्थानीय निकायले न यसलाई व्यवस्थित गर्न सक्छ न त हटाउन नै
मण्डलले गल्ती महशुस गर्दै सामानहरु हटाउन लगाएको हो । संग्रहालय रेखदेख गरिरहेका सुपेन्द्र बुद्धाचार्यले गल्ती भएको स्वीकार्दै सामानहरू हटाएको बताउनुभयो ।
विश्वका बौद्ध धर्माबलम्बीहरूको आस्थाको केन्द्र स्वयम्भू महाचैत्य, सन् १९७९ मा युनेस्को विश्व सम्पदामा सूचिकृत भएको थियो । पुरातात्विक र ऐतिहासिक महत्वलाई बेवास्ता गर्दा विगतमा स्वयम्भू महाचैत्य खतराको सूचिमासमेत परेको थियो