८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एकताका सबै ढोका बन्द भएपछि नयाँ दल दर्ता गरेका हाैं– माधव नेपाल

शुक्रबार सामाजिक सञ्जालमार्फत उहाँले पार्टीलाई कब्जा, बदनाम, एवं समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नयाँ दल दर्ता गरेको बताउनुभयो ।

नयाँ दलको सनाखतका लागि आयोगद्वारा नेपाल र ठाकुरलाई ९ गतेको निम्तो

सनाखतमा विभाजित पार्टीका २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद पुगे भने यी नयाँ दल दर्ता हुने व्यवस्था हालै आएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा उल्लेख छ ।

नेपाल र ठाकुरद्वारा नयाँ नामसहितको पार्टी दर्ताका लागि निवेदन दर्ता, आयोगद्वारा प्रक्रिया सुरु

नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल राखिएको छ । यसअघि ठाकुरको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राखिएको थियो ।

देश, जनता र कम्युनिष्ट आन्दोलनप्रतिको दायित्वबाट पन्छिदैनौं– अध्यक्ष नेपाल

अध्यक्ष नेपालले राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रुपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आआफ्नो ठाउँमा खट्न र सहयोग पु¥याउन पनि आग्रह गर्नुभएको छ ।

माधव छाड्दा मुख्यमन्त्री पक्का

प्रदेश प्रमुख विष्णु प्रसाईं गृहजिल्ला झापाबाट फर्किए लगतै मुख्यमन्त्री पौडेलले राजीनामा दिने सहमति भएको छ । १ सय १० सदस्य रहेको बागमती प्रदेशमा ५६ सांसद्सहित एमाले स्पष्ट बहुमतमा छ ।

नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) दर्ताका लागि आयोगमा निवेदन, खनाल वरिष्ठ नेता

नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता रहेको एमाले समाजवादीलाई तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र प्रतिनिधि र राष्ट्रिय सभाका गरी ३१ जना सांसदको साथ रहेको छ

कारबाही कार्यान्वयन नगर्न नेपाल पक्षका १४ सांसदद्वारा संसद् सचिवालय पत्र

एकपक्षीय बैठक बसेर कारबाही गर्ने अधिकार नभएको पत्रमा लेखिएको छ । कारबाही प्रक्रिया अवैधानिक भएको भन्दै नेपाल समूह संसद् सचिवालय गएको हो ।

अध्यादेश जारी भएसँगै नेपाल समूह छलफलमा

यसअघि अध्यादेश जारी हुनासाथ पार्टी विभाजनका लागि अघि बढ्ने नेपाल पक्षका नेताहरुले बताएका थिए । नेपाल समूहले पार्टी विभाजनका लागि केन्द्रीय सदस्यको हस्ताक्षर संकलन थालेको छ ।

एमाले फुटको डिलमा पुग्यो– माधव नेपाल

एमालेलाई विभाजनको दिशामा लैजाने काम केपी ओलीले गरिरहेको भन्दै नेता नेपालले ओली अहंकारको घोडामा सवार भएको टिप्पणी गर्नुभयो ।

अन्तिम पर्खाइमा छौं, एकताका ढोका बन्द भए पार्टी पुनर्गठन गर्छौं– माधवकुमार नेपाल

नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको भन्दै ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको आरोप लगाउनुभयो । उहाँले आफूहरू लुरुक्क परेर जाने स्थिति नभएको स्पष्ट पार्नुभयो ।