उपेन्द्र खनाल तनहुँ । जिल्ला कारागार तनहुँका कैदीबन्दीलाई यतिखेर मुढा बिक्री गर्न भ्याइनभ्याइ छ । चाडपर्वको समयमा कारागारका कैदीबन्दीले बनाएका मुढा किन्न व्यापारी र सर्वसाधारणको भीड हुने गरेको छ ।