गत भदौ १३ गते बिहान उक्त स्थानमा पहिरो जाँदा झण्डै एक दर्जन घर पहिरोले पुरिएका थिए भने २५ भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।
सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा मेयर शाक्यले दुई वर्षका लागि फोहोर व्यवस्थापनका लागि भनेर लिइएको नुवाकोटको सिस्डोलमा १६ वर्षदेखि फोहोर राखिएकाले १६ वर्षको गाली आफूले खाएको बताउनुभयो ।
टेकुमा निर्माण हुने वडा कार्यालय भवनको लागत अनुमान ४ करोड २५ लाख ३२ हजार ४४८ रुपैयाँ रहेको बताइएको छ । भवन २०७९ असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको
वर्षा रोकिएपछि सहज रुपमा फोहोर उठाउने मेयर शाक्यको भनाइ छ । उहाँले बञ्चरेडाँडाको काम छिटो सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गर्न पनि सरकारसँग माग पनि गर्नुभयो ।
शुक्रबार बिहान एक्कासी बिरामी भएका मेयर जिसीलाई उपचारार्थ मेडिप्लस लगिएकोमा पछि मणिपाल अस्पताल हुँदै काठमाडौं न्यूरो सर्जन अस्पताल लगिएको थियो ।
काठमाडौं । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ । जिसीलाई आज बिहान चार बजेतिर उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उहाँका प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो। मस्तिष्कघात भएपछि
चौतारा । सिन्धुपाल्चोकका चौतारा नगरपालिकाका मेयर उपमेयरसहित १ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेयर अमानसिंह तामाङ, उप मेयर जानुका पराजुलीसहित १४९ जनालाई संक्रमण पुष्टि भएको हो
पहिलो चरणमा देवचुली नगरपालिकाको स्वास्थ्य शाखालाई दश वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकिएको छ । बैंकमा अहिले २३ वटा अक्सिजन सिलिन्डर रहेको संयोजक पोख्रेलको भनाइ छ ।
कोभिड बिरामीलाई अस्पतालसम्म ल्याउन र लैजान सहज वातावरण बनाउनका लागि शनिबारबाट गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिइएको प्रमुख रिजालले जानकारी दिनुभयो ।
आइसोलेसनमा नगरवासीलाई मात्र सेवा प्रदान गर्ने र कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्दै आएको नगरपालिकाको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने पनि खनालले बताउनुभयो ।