राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुराले आफूहरुलाई एक ठाउँमा बाड्ने भन्दै पोरखेलले जनताको जीवनको परिवर्तन ल्याउनु आजको आवश्यकता रहेको बताउनुभयो ।
अध्यक्ष लोहनीले नेपालमा हिन्दु र बौद्ध धर्मको धरोहर भएकाले यसलाई धार्मिक पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष थापाले देश अभिभावकविहीन भएको बताउँदै अभिभावकको रुपमा राजासंस्थाको आवश्यता रहेको औंल्याउनुभयो ।
राप्रपाले २०६३ अघिको अवस्थामा देशलाई फर्काउन नचाहेको बताउँदै अध्यक्ष थापले आफूहरु मध्यधारमा रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले राष्ट्रवादको ब्राण्ड, प्रजातन्त्रको ब्राण्ड तथा समाजवाद र समानताको ब्राण्ड गरी देशका राजनीतिक पार्टीमा तीनवटा ब्राण्ड रहेको बताउनुभयो ।
साथै उहाँले राप्रपा र एकीकृत माओवादीको गोत्र मिल्ने बताउनुभयो । गणतन्त्रवादी र राजावादीको मुख्य विचार नमिले पनि देशको हितको लागि भने आफूहरुको कुरा मिल्नेगरेको जिकिर गर्नुभयो ।
राजा महेन्द्रलाई राष्ट्रवादी नेताको संज्ञा दिँदै उहाँले महेन्द्रदे विधानसभा पास नगरेर नेपाललाई सिक्किम र भुटान हुनबाट जोगाएको तर्क गर्नुभयो ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन सुरु भएको छ । बुधबार काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन सुरु भएको हो । राप्रपा र राप्रपा संयुक्तको दुई वर्षअघि एकता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन आजदेखि काठमाडौंमा हुँदैछ । पूर्वपञ्चहरुको तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक हुन लागेकोले यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको हो ।
राप्रपाको यो महाधिवेशनलाई एकता महाधिवेशन भनिएको छ । २०७६ फागुनमा थापा नेतृत्वको राप्रपा र राणा तथा लोहनी नेतृत्वको राप्रपा(संयुक्त) बीच पार्टी एकीकरण भएको थियो ।