सार्वजनिक सवारी साधनले दिने सेवालाई निजी सवारी साधनका रूपमा व्याख्या गर्नु अनुचित भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला बताउनुहुन्छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायी र सरोकारवालासँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको हो ।
सन् २०१९ को अन्त्यबाट सुरु भएको महामारीको क्रम दुई वर्ष बितिसक्दा पनि रोकिएको छैन । उच्चदरमा बढिरहेको संक्रमणले भर्खरै मात्र बामे सर्न थालेको पर्यटन क्षेत्रलाई थप त्राहीमाम बनाएको छ ।
हाम्रो आन्दोलन भविष्यको अनिश्चितकालसम्म छ । जबसम्म चोलेन्द्र समशेरले राजीनामा दिँदैनन्, तबसम्म यो आन्दोलन जारी रहन्छ ।
अप्रत्याशित रूपमा पानी पर्दा गोदाममा स्टक गरेर भट्टामा पोल्ने अवस्थामा रहेको काँचो ईट्टा ठूलो मात्रामा नोक्सान भएको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव अजयकुमार गुप्ताले बताउनुभयो ।
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका मनपरी कर उठाउन थालेको भन्दै तुलसीपुरका व्यवसायीले विरोध जनाएका छन् । उनीहरुले अन्य ठाउँमा भन्दा बढि कर असुल लागेको भन्दै उपमहानगरको नीतिप्रति विरोध जनाएका हुन्
बैंक तथा वित्तीय संस्थाले व्याज पुँजीकरणका लागि सञ्चालक समितिले निर्णय गरी कर्जाको पहिलो किस्ता प्रदान गरेको ३० दिनभित्र राष्ट्र बैंकमा पुँजीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।
सरकारको नीतिबाट अधिकांश क्षेत्र नै पीडित रहेको भन्दै व्यवसायीहरूले सबैको हित हुनेगरी नीति निर्माण गर्न सुझाएका छन् ।
सरकारले कोभिडको जनचेतना फैलाए जसरी अनलाइन टिकट बुकिङको प्रचारप्रसार गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउनुहुन्छ ।
सरकारले अनअराइभल भिसा दिँदैमा कोरोनाले थलिएको पर्यटन व्यवसाय पूर्ववत अवस्थामा फर्किहाल्छ भन्न नसके पनि केही राहत भने दिने आशा गर्न सकिन्छ ।