उपराष्ट्रपति पुनले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिनुभयो । मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउँदा सम्बन्धित समुदायलाई सरकारी सेवा लिन सहज हुने उहाँको भनाइ छ ।
ताइवानको विदेश मन्त्रालयले ताइवान चीनको हिस्सा हो भन्ने चीनको निरन्तर झूटो दाबीलाई फैलाउनु केही देशको बानी जस्तै भएको बताएको छ ।
कार्यक्रममा उहाँले पुल बनिसकेपछि त्यहाँका जनताको जनजीवन तथा दुई देशबीचको सम्बन्धलाई अझै उचाईमा पुर्याउने विश्वास समेत व्यक्त गर्नुभयो ।
सम्झौता पत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र नेपाल प्रहरीका एसएसपी यज्ञविनोद पोखरेलले हस्ताक्षर गरेका हुन् ।
आर्थिक कारोबार हुने ठाउँमा अनियमितता हुनु स्वाभाविक नै मान्न सकिने सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता विष्णुप्रसाद कोइरालाको तर्क छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफूहरूको सो प्रस्ताव सहर्ष स्वीकार गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिनुभएको थियो ।
साथै सिटी एक्सप्रेसमार्फत खल्तीको मोबाइल वालेटमा पनि पैसा पठाउन सकिने सिटी एक्सप्रेसले जनाएको छ ।
सम्झौतासँगै दशैं र तिहारमा नियोटेरिक नेपालको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको छ ।
एसआरएल डाइग्नोष्टिक प्रालिले महाराजगञ्जबाट सेवाग्राहीहरुलाई गुणस्तरीय प्याथोलोजी सेवा उपलब्ध गराउँदै आएको छ ।
समितिको मंगलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सम्बन्धित निकायहरूलाई नेपालको ऐतिहासिक सन्धी सम्झौताको अभिलेख राख्न निर्देशन दिएको हो ।