सिन्धुली । सिन्धुलीको मध्यपहाडी लोकमार्गमा सुख्खा पहिरो खस्दा खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध भएको छ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुडुलेमा सुख्खा पहिरो खस्दा आज (बुधबार) बिहानैदेखि साेही राजमार्ग अवरुद्ध भएको हो ।