गण्डकी प्रदेश र देवचुली नगरपालिकाको समपुरक बजेटमा निर्माण गरिएको सडक भत्केको एक वर्ष पुग्न लाग्दासमेत निर्माण हुन नसकेपछि स्थानीयले विरोध जनाएका हुन् ।
वर्षाैंदेखि स्थानीय बासिन्दाले उपभोग गर्दै आएको १ सय ७६ हेक्टरमा फैलिएको वनलाई कबुलियती वन बनाउने घोषणा गरेपछि स्थानीयले त्यसको विरोध गरेका हुन् ।
पाठ्यक्रमलाई यही शैक्षिक सत्रदेखि लागू गर्ने नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा समावेश गरी नगरपालिकाले कक्षा ५ मा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको
नगरपालिकाले लोकमार्गबाट आउने भल र बजार क्षेत्रका नाली व्यवस्थित नगर्न नसक्दा कालोपत्रे सडक हिलोमा परिणत भएको स्थानीयको गुनासो छ ।
सबैभन्दा बढी बसैया र जगन्नाथपुरबाट जाने गरेको स्थानीयले जानकारी दिएका छन् । नाकाहरूबाट दैनिक ४० देखि ५० पिकअप भेन मटर भारत जाने गरेको छ । भारतीय ट्याक्टर, साइकल र मोटरसाइकलबाट
पछि उनीहरूले गाउँबाट ५०–६० जनाको समूह बोलाएर प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताउनुभयो ।
जिल्ला प्रशासनले शनिबारदेखि निषेधाज्ञामा थप कडाई गरेपछि पालनाका लागि सिडिओ र एसपी नै सडकमा निस्किएका हुन् । निषेधाज्ञा पालनाकालागि चोक–चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उदयपुरका स्थानीयले कटारी नगरपालिका–११ का वडा अध्यक्ष दिपक बुढाक्षत्रीको अध्यक्षतामा एक संघर्ष समिति नै बनाएर यसअघि नै सडकखण्ड स्तरोन्नति तत्काल गर्न सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाएको थियो ।
सबैका लागि स्वास्थ्य भन्ने सरकारी नाराले दोलखाको अति दुर्गम यो जफेवासीलाई गिज्याइरहेको छ । गाउँमा एउटा भरपर्दो अस्पताल नहुँदा र आर्थिक अभावका कारण स्वास्थ्यमा पहुँच पुर्याउन नसक्दा जफेवासी वर्षौंदेखि रोग
वर्तमान समयसम्म जात्राको अस्मिता बचाउन भक्तपुरका नेवार समुदायको महत्त्वपूर्ण योगदान छ । अहिलेसम्म संस्कृति बचाइराख्नुमा यहाँका युवाहरूको ऐक्यबद्धता नै मुख्य कारक रहेको स्थानीय युवाहरूको भनाइ छ ।