
प्रदिप पौडेल
पोखरा, असार १७ । प्रदेश ४ को राजधानीको नाम सम्बन्धमा आइतबार प्रदेश सभा छलफल शुरु भएको छ । प्रदेश सभाको बैठकमा असार १० गते टेबुल भएको प्रस्ताबमा आजबाट छलफल भएको हो ।
जेठ २१ गते सभा समक्ष प्रस्तुत भएको प्रदेश राजधानी तथा नामाकंन विषय समितिको प्रतिवेदन सांसद विन्दुकुमार थापाले टेवुल गरेका थिए । आजको बैठकमा प्रदेशको राजधानी पोखरा बनाइयोस् भन्ने प्रस्ताव एमाले सांसद कृष्ण बहादुर थापाले प्रेस गरेका थिए ।
छलफलमा एमालेका सांसद मायानाथ अधिकारीले प्रदेश चारको राजधानी एकल प्रस्ताब आएका कारण पनि स्वतह पोखरा राजधानी हुने बताए ।
उनले पोखरामा भौतिक पुर्वाधार, सुन्दर नगरी र सबैलाई पयक पर्ने ठाउँ भएका कारण पनि पोखरा राजधानीको विकप्प नरहेको बताए ।
नेपाली कांग्रेसका सांसद विष्णुप्रसाद लामिछानेले पोखरा ११ जिल्लाको केन्द्र भएका कारण पनि राजधानी हुन उपयुक्त भएको बताए । नयाँ शक्ति नेपालका सांसद हरिशरण आचार्यले पोखरा गित, संगित, साहित्य, पर्यटनको राजधानी पहिले नै भइसकेको बताउँदै प्रदेश ४ को राजधानी पनि पोखरा नै उपयुक्त भएको बताए ।
प्रदेश राजधानी तथा नामाकंन विषय समितिको प्रतिवेदन अनुसार राजधनीको रुपमा पोखरको नाम सर्वसम्मत भएको थियो । समितिले प्रदेशको नाममा पहिलो नम्बरमा गण्डकी प्रस्ताव गरेको छ भने दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरी प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस्