
नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित नेपाल स्रष्टा समाजको १०औं वार्षिक साधारण सभाको विशेष साहित्यिक कार्यक्रममा सो सम्मानको घोषणा गरिएको हो ।
वि.सं. २०७५ सालबाट प्रदान गरिने सो सम्मानको राशी १० हजार १११ रुपैयाँ रहेको छ । सामाजिक चिन्तन र आध्यात्मिकतालाई भावभूमि बनाएर नेपाली साहित्यको सिर्जना गरी देशको सेवा गर्ने मोफसलका उत्कृष्ट नारी स्रष्टालाई यो सम्मान प्रदान गरिनेछ ।
स्रष्टा खनालकी ममतामयी आमा दमन्ताको गत माघ २६ गते ८१ वर्षको उमेरमा स्वर्गारोहण भएको थियो ।
कार्यक्रमका प्रमृख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सरकारले स्रष्टाहरूको सम्मान गर्नुपर्नेमा स्रष्टाले स्रष्टालाई नै सम्मान गर्ने कामको थालनी गरेर उत्कृष्ट कार्यको थालनी गरेकोमा खुशी व्यक्ति गरे ।
स्रष्टा खनालले आमाको प्रेरणाले नै आफू साहित्य क्षेत्रमा लागेको बताउँदै आमाको सम्मानका लागि दमन्ता खनाल स्मृति नारी साहित्य सम्मानको स्थापना गरेको बताइन् ।
नेपाल रेडक्रस सोसाइटीमा कार्यरत स्रष्टा खनाल नेपाल स्रष्टा समाज, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, शंकर लामिछाने प्रतिष्ठान, नेपाल साहित्यिक पत्रकार संघलगायत विभिन्न सामाजिक र साहित्यिक संघसंसथामा आवद्ध छिन् ।
प्रतिक्रिया दिनुहोस्