८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


धनगढी उपमहानगरपालिकामा सूचना–प्रविधि केन्द्रको स्थापना


0
Shares

सोमबार सूचना–प्रविधि केन्द्रको शुभारम्भ गर्दै मेयर नृप ओडले सूचना–प्रविधि केन्द्र स्थापना गर्ने धनगढी उपमहानरपालिका मुलुककै चौथो स्थानीय तह बनेकामा खुसी व्यक्त गरे ।

स्थानीय जनतालाई सुसूचित गर्न नगरका हरेक गतिविधिलाई सूचना–प्रविधिसँग जोड्ने उद्देश्यले सूचना प्रविधि केन्द्रको स्थापना गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

सेसी नेपाल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा सूचना–प्रविधि केन्द्र स्थापना गरिएको हो ।

मेयर ओडले धनगढी उपमहानगरपालिकाले उपलब्ध गराउने सेवा, सूचनालगायतका अरु सेवाहरु घरबाटै हेर्न पाउने भएकाले यसको भरपुर सदुपयोग गर्न नगरबासीहरुलाई अनुरोध गरे ।

सोही अवसरमा धनगढी उपमहानगरपालिकाले ‘हाम्रो धनगढी’ नामक मोबाइल एपकोसमेत सोमबारैदेखि शुभारम्भ गरेको छ ।