६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


नेपोलियनको सपना: समुद्रमुनि संसारकै लामो सुरुङमार्ग ‘च्यानल टनेल’ (६ तस्वीर)


0
Shares

करिव सय बर्ष लगाएर बनाइएको उक्त सुरुङमार्गको सपना नेपोलियन बोनापार्टले देखेका थिए ।

बीबीसी‘का अनुसार सुरुमा मोटर, कार तथा बसहरु आवतजावत गर्नको लागि सुरुङको परिकल्पना गरिएपनि सुरुङमार्ग बनेपछि सुरक्षाका कारणले अहिले रेलमात्रै गुड्ने गर्दछ । उक्त सुरुङमार्ग मार्फत हरेक बर्ष १६ लाख पटक रेल ओहोरदोहोर गर्दछन् भने करिव एक करोड यात्रुहरु बेलायत र फ्रान्सबीच आवतजावत गर्दछन् ।

सन् १८८० मा ‘यूरोटनेल’ नाम गरेको कम्पनिलाई उक्त सुरुङमार्ग बनाउन जिम्मा दिइएको थियो । तर, सुरुङ खन्ने काम भने आठ बर्षपछि सन् १८८० बाट भएको थियो ।
सुरुङमार्ग बनाउन थालेको एकसय बर्षपछि ‘यूरोटनेल’ कम्पनि सन् १९८० मा समुद्री सतह ‘इंग्लिस च्यानल’मुनिबाट बेलायतदेखि फ्रान्ससम्म सुरुङ छिचोल्न सफल भएका थिए ।

यूरोटनेलका प्रवक्ता जोन कीफका अनुसार सुरुङ खन्ने काम सकिएपछि बेलायतका तत्कालिन प्रधानमन्त्री मार्गरेट थ्याचरले सुरुंगमा सडक बनाउन चाहेकी थिइन् । तर, ५० किमि लामो उक्त सुरुङको बीचमा गाडी दुर्घटना तथा ट्राफिकजाम हुनेसक्ने र उद्धार गर्न कठिनाइलगायतका सुरक्षाका कारण रेलमात्र आवातजावत गर्न सकिनेगरी रेललिक बनाइएको थियो ।

प्रवक्ता कीफ पुर्व प्रधानमन्त्री थ्याचरको सपना कार जीप तथा बसहरु आरामका साथ आवातजावत गर्न सकिनेगरी लामो सुरुङमार्ग बनाउन धेरै मेहनत गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘त्यसको लागि कारको धुवाँ, दुर्घटना तथा ट्राफिकजाम न्यूनिकरण गर्नको लागि स्वचालित विद्युत्तिय बस तथा गाडीहरुको निर्माण हुनुपर्छ । त्यसको लागि अझै हामीले १० देखि १५ बर्ष कुनुपर्ने हुन्छ ।’

च्यानल टनेलको निर्माण गर्दा कुनै आधुनिक उपकरणहरु थिएनन् । समुद्रमुनि सुरुङ खन्नु निकै जोखिमयुक्त काम थियो । मजदुरहरु हातमा औजार लिएर कडा चट्टान फुटाउँथे । साधारण मेशिनले समुद्रमुनि ५० किमि सुरुङ खन्नु इन्जिनियरिङ इतिहासमै नयाँ फड्को रहेको प्रवक्ता कीफ बताउँछन् ।

बीबीसीले आजभन्दा १३७ वर्ष पहिले समुद्रमुनि बाटो बनाउन खनिएको उक्त सुरुङको लागत खन्नमात्रै ११ अर्व डलर र सुरुंगभित्र ‘फेहमन बेल्ट फिक्स्ड’ निर्माणको लागि ८ अर्व गरी जम्मा १९ अर्व डलरभन्दा बढी लागेको उल्लेख गरेको छ ।

प्रवक्ता कीफले आजभन्दा दुई सय बर्षपहिले नेपोलियन बोनापार्टले देखेको सपनाकै आधारमा सुरुङमार्गको निर्माण भएको बताए । उनले भने, ‘त्यतिखेर समुद्रमुनि सुरुङ खनेर दुई देशको नागरिक आवातजावत गर्न सकिन्छ भन्ने कुरा सपनामा मात्रै सिमित थियो ।’