
काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच हरिवंश आचार्यले उक्त आत्मकथा विमोचन गरेका हुन् ।
६ वर्ष लगाएर कलाकार श्रेष्ठले तयार गरेको आत्मकथा श्रीमतीलाई क्यान्सर भएर उपचारतिर लाग्नु परेकाले ढिलाई भएको कार्यक्रममार्फत जानकारी दिए ।
कार्यक्रममा बोल्दै हरिबंश आर्चायले मदनकृष्णलाई आफ्नो ‘जीवन दाई’ को संज्ञा दिएका छन् । महजोडीसँग निकट लघुकथाकार रवीन्द्र समिरले हरिबंशको आत्मकथाभन्दा मदनकृष्णको आत्मकथा धेरै फरक भएको बताए । उनले हरीवंश आर्चायको ‘चिना हराएको मान्छे’ भन्दा यो किताब शतप्रतिशत नौलो रहेको टिप्पणी गरे ।
कार्यक्रममा श्रेष्ठले लेखेका गीतहरु उनका छोराछोरी यमन र सराना श्रेष्ठले गाएका थिए । श्रेष्ठ आफैँले पनि आफ्ना केही गीत गाएका थिए । असाधारण र बहुमुखी व्यक्तित्व मदनकृष्ण श्रेष्ठको ‘रोलर कोस्टर’ जीवनको कथा हो, ‘महको म’ ।
पुस्तकले श्रेष्ठको बाल्यकाल, प्रारम्भिक संर्घष, रुमानी प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदासम्मका उहापोह, श्रीमतीको क्यान्सरसँग लडाइँ र आफ्नै स्वास्थ्यसँगको पौठेजोरीसम्मको यात्रालाई समेटेको छ ।
पुस्तकलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस्