
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत् बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।
प्रभावित जिल्ला (झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर)मा रु ५० को ‘टक भ्यालु’सहितको प्रिपेड सिम वितरण भइरहेको कम्पनीले जनाएको छ ।
टेलिकमकाअनुसार सिमकार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधासहितको सिम निःशुल्क वितरण भइरहेको छ ।
बाढी प्रभावित क्षेत्रका टेलिकमका ग्राहकले प्रयोग गरिरहेको सिम नस्ट भएको वा हराएको भनी निवेदन दिए सोको सट्टा अर्को सिमकार्ड टेलिकमले निःशुल्क उपलब्ध गराउनेछ ।
यो सुविधा यही भदौ १२ गते देखि २६ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्