१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


पत्रकार थापाको पुस्तक ‘रजगज’ विमोचित


0
Shares

राजधानीमा गरिएको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व न्यायाधीश प्रकाश वस्ती, सांसद राधेश्याम अधिकारी र कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्माले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

पुस्तकमा नेपालको राजनीतिक दल, न्यायिक क्षेत्र, अख्तियारको क्रियाकलाप तथा दरबारमा भए गरेका भष्ट्रचारलाई सान्दर्भिक रुपमा चित्रण गरिएको छ । साथै पुस्तकमा भ्रष्टाचारीलाई दिइएको उन्मुक्ति नीतिगत भ्रष्टाचार तथा राज्य ढुकुटीको दोहन जस्ता विषयलाई समेत सरल ढंगले विश्लेषण गरिएको छ ।

३५४ पृष्ठ लामो पुस्तकमा नौ शीर्षक अन्तर्गत क्रमशः दरबारिया दाउ, जाँचबुजको कर्मकाण्ड, पञ्चायतकालीन काण्ड, भ्रष्टाचारको मुहान, भ्रष्टाचारी मन्त्रीहरु, अर्थलोलुप कर्मचारीतन्त्र, बद्नियतको श्रृखंला, समानान्तर सत्ता र फितलो कार्यान्वयन रहेका छन् ।

फाइन प्रिन्टले बजारमा ल्याएको  उक्त पुस्तकको मूल्य ४८८ रुपैयाँ राखिएको छ ।